दफा २६६
क्षतिपूर्ति निर्धारण गर्नु पर्ने

(१) कानून बमोजिम क्षतिपूर्ति पाउन सक्ने मुद्दामा सम्बन्धित व्यक्तिले क्षतिपूर्तिको दाबी गरेको रहेछ भनेअदालतले मुद्दाको निर्णय गर्दा क्षतिपूर्ति निर्धारण गर्नु पर्नेछ ।
(२) कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिम क्षतिपूर्ति निर्धारण गर्दा देहायका कुराहरू विचारगर्नु पर्नेछ:-
(क) क्षति बापत भएको वास्तविक हानि, नोक्सानी (एक्चुयल लस),
(ख) क्षति भएको कारणबाट आयमा भएको हानि, नोक्सानी (लस इन इनकम),
(ग) क्षति भएको कारणबाट व्यहोर्नु परेको थप हानि, नोक्सानी ।
(३) उपदफा (१) बमोजिम क्षतिपूर्ति निर्धारण गर्दा कसैको हक वा हित उल्लघंन भएको कारणबाट भएको वास्तविक क्षति वासोको कारणबाट भएको वा हुन सक्ने वास्तविक क्षतिको यकिन गरी त्यसको आधारमा मात्र क्षतिपूर्ति निर्धारण गरिनेछर काल्पनिक विषयमा क्षतिपूर्ति निर्धारण हुन सक्ने छैन ।